१ आश्विन २०८३, बिहिबार | September 18, 2026

लिङ्देन विरुद्ध राप्रपामा मोर्चाबन्दी, हात्तिसारमा इतर समुहको बैठक



काठमाडौं। राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र कलह चुलिएको छ ।

अध्यक्ष लिङदेनको मनोमानी विरुद्ध भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन। सोमबार हात्तीसार, कमलादीस्थित नेपाल हाउसमा उनीहरूले अलग्गै भेला गरेका हुन् ।

सो बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको नेतृत्वमा उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक महामन्त्री प्रेम बलायरलगायत पदाधिकारीसमेत सहभागी रहेका थिए ।

साथै सो बैठकमा बागमती र कर्णाली प्रदेश अध्यक्ष क्रमशः विक्रम बहादुर थापा र दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी रहेको जनाइएको छ ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई क्रमशः पदमुक्त गर्ने क्रम बढे पछि इतर समूह थप असन्तुष्ट रहेको बेला यो बैठक बसेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ५ : ०७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा