१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार



काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले) बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ५९ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका