२० माघ २०८२, मंगलबार | February 3, 2026

राप्ती र बबईमा जलसतह बढ्दो क्रममा : सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखियो



नेपालगन्ज । बाँकेको राप्ती र बर्दियाको बबई नदीमा जलस्तर खतराको बिन्दु पार गरेको छ । लगातारको वर्षा क कारण नदीको वहावले खतराको बिन्दु पार गरेसँगै त्यस क्षेत्रमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । नदीको सतह बढ्ने क्रम जारी रहेकाले सुरक्षाकर्मीलाई ‘हाई एलर्ट’ मा राखिएको हो ।

भारी वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा जलस्तर खतराको तहमा पुगेसँगै ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिइसकेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाको भगवानपुर क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी गंगापुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र बहादुर भण्डारीको कमान्डमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली परिचलान गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । सम्भावित जनधनको क्षतीबाट जोगाउन सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीको कम्दी पुल आसपास इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख सहायक निरीक्षक मोहन वलीको नेतृत्वमा सुरक्षाकर्मी खटिएको छ । राप्ती नदीको जल सतहले खतराको संकेत दिएपछि सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण सम्शेरगन्जमा विपद् व्यवस्थापनसहितको टोलीलाई तयारी हालत राखिएको छ भने उक्त गणबाट राप्ती नदी किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क गराउँदै पैदल गस्ती गरिरहेको बताइएको छ ।

उता बर्दियामा पनि बबई आसपासका क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बर्दियामा ठूलो संख्यामा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली खटाइएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ । निरन्तर झरी परेपछि राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा छ ।

यद्देपी यो समाचार पार्दासम्म कुनै जनधनको क्षति पुगेको छैन । नदीको अग्रस्थानहरुमा वर्षा जारी रहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २४ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको