९ भदौ २०८३, मंगलबार | August 25, 2026

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्वारा शपथग्रहण



बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसुदन पौडेल कृृषि तथा पशुपंक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन ।

यस्तै कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन । नवनियुक्त मन्त्रीहरूलाई आज प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : १९ बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन