६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

प्रधानमन्त्री ओलीद्वारा तुर्किमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो



तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गरेका हुन ।

भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताए ।

सो अवसरमा उनले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले आवाजा सहरमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।

हरेक १० वर्षमा हुने सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी छन ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ४६ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक