२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बुटवलको क्यानन माविले गर्यो कक्षा १२ मा ३.९६ जिपिए ल्याउने राजेश पौडेललाई सम्मान



बुटवल । बुटवलको क्यानन माध्यमिक विद्यालयका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् । विज्ञान संकायका विद्यार्थी पौडेललाई विद्यालयले “नेपाल प्रथम” भएको दाबी गर्दै १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

कपिलवस्तु स्थायी घर भएका राजेशले कक्षा ११ र १२ बुटवलस्थित क्याननमा अध्ययन गरेका थिए । उनले आफ्नो सफलताको श्रेय विद्यालयको व्यक्तिगत हेरचाह, गुणस्तरीय शिक्षण पद्धति र आफ्नै कडा मेहनतलाई दिएका छन् ।

“क्याननमा विद्यार्थी थोरै भए पनि हेरचाह राम्रो छ। मेहनत गरे फल पाइन्छ भन्ने कुरा मैले अनुभव गरें,” राजेशले भने ।कार्यक्रममा राजेशले अबको लक्ष्य नेपालमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलका अनुसार निजी क्षेत्रको पहलमा सन् २०५३ सालमा स्थापना भएको क्यानन सेकेन्डरी स्कुलले शिक्षाको गुणस्तरमा निरन्तर ध्यान दिँदै आएको छ ।

“हामी व्यवहारिक शिक्षालाई प्राथमिकता दिन्छौं । शिक्षासँगै आयआर्जन जोड्ने उद्देश्यले आगामी योजना तयार गरेका छौं,” उनले भने । विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीका अनुसार प्रविधिमैत्री शिक्षण प्रणाली विद्यालयको विशेषता बनेको छ । “प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड र क्याबिनेटसहितको पूर्वाधार छ। गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयास सफल भइरहेको छ,” उनले बताए ।

उनका अनुसार हालैको परीक्षामा विज्ञान संकायका २९ विद्यार्थी सबै उत्तीर्ण भएका छन् भने व्यवस्थापनतर्फ १२० जनामध्ये ८० प्रतिशत उत्तीर्ण भएका छन् । विद्यालय अतिरिक्त क्रियाकलापतर्फ पनि सक्रिय रहेको भन्दै उनले निःशुल्क नृत्य, कला, नाटक कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले निजी क्षेत्रको शिक्षामा योगदानबारे धारणा राखेका थिए । सह-प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले इण्टर्नसिप र व्यावसायिक अभ्यासमा विद्यालयको ध्यान रहेको बताए ।

“डिम्याट खाता खोल्ने, आईपीओ भर्ने, इन्सुरेन्स तथा होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई ‘जव प्लेसमेन्ट ग्यारेन्टी’सहित रोजगारीको अवसर दिलाएका छौं,” उनले बताए । उनका अनुसार “डिजाइन थिङ्किङ” कार्यक्रम अन्तर्गत गत वर्ष कक्षा ११ र १२ का विद्यार्थीलाई “पढ्दै कमाउँदै” अभियानमा समेत सहभागी गराइएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : १४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको