२२ भदौ २०८३, सोमबार | September 7, 2026

जितगढी किल्लामा पुगेर क्यानन माविका विद्यार्थीले गरे अध्ययन



बुटवल । सामान्यतया विद्यार्थीहरू कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवलस्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरूले अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थल जितगढी किल्लामा पुगेर अध्ययन गरेका छन् ।

सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्यका लागि विद्यार्थीहरूले जितगढीको ऐतिहासिक महत्वबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका हुन् । भ्रमणका क्रममा विद्यार्थीहरूले नेपालले अंग्रेज फौजलाई हराएको ऐतिहासिक पृष्ठभूमि, नेपालीहरूको वीरता तथा अत्याधुनिक हतियार भएको अंग्रेज सेनालाई परास्त गर्न सकिएको कारणबारे अध्ययन गरेका थिए ।

उक्त अवसरमा बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले जितगढी किल्ला राष्ट्रियताको प्रतीकका रूपमा रहेको उल्लेख गर्दै यसको महत्व बुझ्न विद्यार्थीहरूको भ्रमण सकारात्मक रहेको बताए । उनले कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले भाल, खुकुरी, तोप जस्ता घरेलु हतियार प्रयोग गरेर अंग्रेज सेनालाई परास्त गरेको तथ्य स्मरण गराए । बस्नेतका अनुसार नेपालीहरूको युद्धकौशलले नेपालको भूमि रक्षा भएको हो ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक र प्रयोगात्मक बनाउन स्थलगत निरीक्षण गराइएको बताए । भ्रमणका क्रममा विद्यार्थीहरूले ग्रेटर नेपालको नक्सा, युद्ध संग्रहालय तथा युद्धस्थल अवलोकन गरेका थिए ।

इतिहासअनुसार, बि।सं। १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अंग्रेज फौजलाई जितगढी किल्लामा परास्त गरेको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : २२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा