१० असार २०८३, बुधबार | June 24, 2026

बुटवलको क्यानन माविले गर्यो कक्षा १२ मा ३.९६ जिपिए ल्याउने राजेश पौडेललाई सम्मान



बुटवल । बुटवलको क्यानन माध्यमिक विद्यालयका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् । विज्ञान संकायका विद्यार्थी पौडेललाई विद्यालयले “नेपाल प्रथम” भएको दाबी गर्दै १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

कपिलवस्तु स्थायी घर भएका राजेशले कक्षा ११ र १२ बुटवलस्थित क्याननमा अध्ययन गरेका थिए । उनले आफ्नो सफलताको श्रेय विद्यालयको व्यक्तिगत हेरचाह, गुणस्तरीय शिक्षण पद्धति र आफ्नै कडा मेहनतलाई दिएका छन् ।

“क्याननमा विद्यार्थी थोरै भए पनि हेरचाह राम्रो छ। मेहनत गरे फल पाइन्छ भन्ने कुरा मैले अनुभव गरें,” राजेशले भने ।कार्यक्रममा राजेशले अबको लक्ष्य नेपालमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलका अनुसार निजी क्षेत्रको पहलमा सन् २०५३ सालमा स्थापना भएको क्यानन सेकेन्डरी स्कुलले शिक्षाको गुणस्तरमा निरन्तर ध्यान दिँदै आएको छ ।

“हामी व्यवहारिक शिक्षालाई प्राथमिकता दिन्छौं । शिक्षासँगै आयआर्जन जोड्ने उद्देश्यले आगामी योजना तयार गरेका छौं,” उनले भने । विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीका अनुसार प्रविधिमैत्री शिक्षण प्रणाली विद्यालयको विशेषता बनेको छ । “प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड र क्याबिनेटसहितको पूर्वाधार छ। गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयास सफल भइरहेको छ,” उनले बताए ।

उनका अनुसार हालैको परीक्षामा विज्ञान संकायका २९ विद्यार्थी सबै उत्तीर्ण भएका छन् भने व्यवस्थापनतर्फ १२० जनामध्ये ८० प्रतिशत उत्तीर्ण भएका छन् । विद्यालय अतिरिक्त क्रियाकलापतर्फ पनि सक्रिय रहेको भन्दै उनले निःशुल्क नृत्य, कला, नाटक कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले निजी क्षेत्रको शिक्षामा योगदानबारे धारणा राखेका थिए । सह-प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले इण्टर्नसिप र व्यावसायिक अभ्यासमा विद्यालयको ध्यान रहेको बताए ।

“डिम्याट खाता खोल्ने, आईपीओ भर्ने, इन्सुरेन्स तथा होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई ‘जव प्लेसमेन्ट ग्यारेन्टी’सहित रोजगारीको अवसर दिलाएका छौं,” उनले बताए । उनका अनुसार “डिजाइन थिङ्किङ” कार्यक्रम अन्तर्गत गत वर्ष कक्षा ११ र १२ का विद्यार्थीलाई “पढ्दै कमाउँदै” अभियानमा समेत सहभागी गराइएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : १४ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया