२९ मंसिर २०८२, सोमबार | December 16, 2025

घानामा हेलिकप्टर दुर्घटनामा रक्षामन्त्रीसहित आठ जनाको मृत्यु



काठमाडौं । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् ।

यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए । घाना सशस्त्र बलका अनुसार, जेड-९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।

घाना सरकारले शोक व्यक्त गरेका छ । दुर्घटनाग्रस्त जेड-९ हेलिकोप्टर एक युटिलिटी हेलिकोप्टर थियो, जसको प्रयोग सामान्यतया यातायात र चिकित्सा उद्धारका लागि गरिन्थ्यो ।

राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताए । उनले यसलाई राष्ट्रिय आपतकालीन अवस्थाको संज्ञा दिए ।

सन् २०१४ मे मा एक सेवा हेलिकोप्टर समुद्र तटनजिकै दुर्घटना भएको थियो, जसमा कम्तीमा तीनजनाको मृत्यु भएको थियो । सन् २०२१ मा अकारामा एक मालवाहक विमान रनवेबाट चिप्लिएर यात्रुले भरिएको बससँग ठोक्किँदा दशजनाको ज्यान मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ८ : १३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको