१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रूपन्देही–३ मा उम्मेदवार बन्न रास्वपामा ९ जनाको आवेदन



काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न इच्छुक ९ जनाले आवेदन दिएका छन्। रास्वपाले इच्छुक उम्मेदवारहरुको नामावली आज सार्वजनिक गरेको हो ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारीका लागि आवेदन खुला गरेको थियो। सो अवधिमा ९ जनाले औपचारिक रूपमा नाम दर्ता गराएका हुन् ।

आवेदन दिनेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्। उम्मेदवार बन्न चाहने प्रत्येक व्यक्तिले २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको थियो।

रास्वपाले प्राप्त आवेदकमध्येबाट अन्तिम उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ। भदौ १५ गतेभित्र उम्मेदवारको टुंगो लगाउने गरी पार्टीले कार्यतालिका तयार पारेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १ : ५९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको