७ माघ २०८२, बुधबार | January 21, 2026

शिक्षा समितिको बैठक : विद्यालय शिक्षा विधेयक पारित हुने अपेक्षा



काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । बैठकमा बहुचर्चित विद्यालय शिक्षा विधेयकमाथि छलफल भइरहेको छ।

बैठकमा समितिभित्र गठन गरिएको परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन्।

यसअघि असार २२ गते नै विधेयक पारित गर्ने तयारी गरिएको थियो। तर, शिक्षक महासंघले उठाएका मागहरूका सम्बन्धमा फरक-फरक प्रस्तावहरू आएपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए। त्यसक्रममा समितिले पाँच दिनको समय दिएको थियो। तर सो समयावधिमा बैठक नबस्दा प्रक्रिया लम्बिएको थियो।

अहिले बसिरहेको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : १३ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत