१४ बैशाख २०८३, सोमबार | April 27, 2026

शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति, बढुवा तीन आधारमा हुने



काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा समेटिएको शिक्षक कार्यसम्पादन मूल्यांकनसम्बन्धी प्रावधानमा सहमति जुटेको छ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समितिको बिहीबार बसेको बैठकमा पाँच वर्षे कार्यसम्पादन मूल्यांकनको अधिकतम अंक ९० बाट घटाएर ८० मा झार्ने सहमति भएको हो।

बैठकमा शिक्षक महासंघको सदस्यता सम्बन्धी एउटा बुँदा पनि पारित भएको छ। अब प्रधानाध्यापक नियुक्त भएपछि सम्बन्धित व्यक्तिको शिक्षक महासंघको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था विधेयकमा समावेश गरिएको छ।

यस्तै, शिक्षकको बढुवासम्बन्धी व्यवस्था पनि पुनः परिमार्जन गर्दै तीनवटा आधारमा बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको छ।

अब आन्तरिक प्रतियोगिता, जेष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। यसअघि यो प्रक्रिया आन्तरिक प्रतियोगिता र आवधिक बढुवासम्म सीमित थियो।

समितिको परामर्श उपसमितिमा सहमति जुटाइसकेको प्रस्तावलाई औपचारिक रूपमा समितिको बैठकले अनुमोदन गरेसँगै अब विधेयकको मस्यौदा अन्तिम रूपतर्फ उन्मुख भएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ५ : १८ बजे

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक