७ माघ २०८२, बुधबार | January 21, 2026

शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति, बढुवा तीन आधारमा हुने



काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा समेटिएको शिक्षक कार्यसम्पादन मूल्यांकनसम्बन्धी प्रावधानमा सहमति जुटेको छ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समितिको बिहीबार बसेको बैठकमा पाँच वर्षे कार्यसम्पादन मूल्यांकनको अधिकतम अंक ९० बाट घटाएर ८० मा झार्ने सहमति भएको हो।

बैठकमा शिक्षक महासंघको सदस्यता सम्बन्धी एउटा बुँदा पनि पारित भएको छ। अब प्रधानाध्यापक नियुक्त भएपछि सम्बन्धित व्यक्तिको शिक्षक महासंघको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था विधेयकमा समावेश गरिएको छ।

यस्तै, शिक्षकको बढुवासम्बन्धी व्यवस्था पनि पुनः परिमार्जन गर्दै तीनवटा आधारमा बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको छ।

अब आन्तरिक प्रतियोगिता, जेष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। यसअघि यो प्रक्रिया आन्तरिक प्रतियोगिता र आवधिक बढुवासम्म सीमित थियो।

समितिको परामर्श उपसमितिमा सहमति जुटाइसकेको प्रस्तावलाई औपचारिक रूपमा समितिको बैठकले अनुमोदन गरेसँगै अब विधेयकको मस्यौदा अन्तिम रूपतर्फ उन्मुख भएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ५ : १८ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत