२२ भदौ २०८३, सोमबार | September 8, 2026

साउदीविरुद्ध अन्तिम क्षणमा नेपालको कठिन विजय



काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियामाथि कठिन संघर्षपूर्ण जित हात पारेको छ।

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा भएको खेलमा ९०औँ मिनेटमा शुक्रिया मियाको निर्णायक गोलले नेपाललाई १–० को जित दिलायो।

निर्धारित समय समाप्त हुन लाग्दा मिना देउवाको क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ अवस्थामा रहेकी शुक्रियाले सहज फिनिसिङ गर्दै बल जालमा पुर्याइन्।

खेलको सुरुवाती चरणमै नेपालले अग्रता लिन सक्ने अवसर गुमाएको थियो। १८औँ मिनेटमा सरिताकुमारी नाथको प्रहार बारमा लागेर फर्किँदा प्राप्त ‘रिबाउन्ड’मा अनिशा राईको प्रयास साउदीकी गोलकिपर जुरी हासिमले रोकेकी थिइन्।

३६औँ मिनेटमा प्राप्त पेनाल्टीमा पनि नेपालले गोल गर्न सकेन। मिना देउवाले हानेको प्रहार पोस्टको बायाँ पोलमा ठोक्किँदै फर्किएको थियो।

यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने यू–२० एसियन कपमा प्रवेश गर्ने सम्भावना जिवन्त राखेको छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो।

नेपाल अब अगस्ट १० मा उत्तर कोरियासँग भिड्नेछ। समूह ‘ए’ मा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया रहेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : १३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार