२० मंसिर २०८२, शनिबार | December 6, 2025

साउदीविरुद्ध अन्तिम क्षणमा नेपालको कठिन विजय



काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियामाथि कठिन संघर्षपूर्ण जित हात पारेको छ।

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा भएको खेलमा ९०औँ मिनेटमा शुक्रिया मियाको निर्णायक गोलले नेपाललाई १–० को जित दिलायो।

निर्धारित समय समाप्त हुन लाग्दा मिना देउवाको क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ अवस्थामा रहेकी शुक्रियाले सहज फिनिसिङ गर्दै बल जालमा पुर्याइन्।

खेलको सुरुवाती चरणमै नेपालले अग्रता लिन सक्ने अवसर गुमाएको थियो। १८औँ मिनेटमा सरिताकुमारी नाथको प्रहार बारमा लागेर फर्किँदा प्राप्त ‘रिबाउन्ड’मा अनिशा राईको प्रयास साउदीकी गोलकिपर जुरी हासिमले रोकेकी थिइन्।

३६औँ मिनेटमा प्राप्त पेनाल्टीमा पनि नेपालले गोल गर्न सकेन। मिना देउवाले हानेको प्रहार पोस्टको बायाँ पोलमा ठोक्किँदै फर्किएको थियो।

यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने यू–२० एसियन कपमा प्रवेश गर्ने सम्भावना जिवन्त राखेको छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो।

नेपाल अब अगस्ट १० मा उत्तर कोरियासँग भिड्नेछ। समूह ‘ए’ मा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया रहेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : १३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले