५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सफ्टवेयर कम्पनीको कम्प्युटर सोर्स कोड चोरी आरोपमा दुई जना पक्राउ



काठमाडौं। कम्प्युटरको स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् ।

प्रहरीका अनुसार उनीहरूले एक सफ्टवेयर कम्पनीको सोर्स कोडमा अनधिकृत रूपमा पहुँच पुर्‍याई चोरी गरेका थिए । साइबर ब्यूरोको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणमा बौद्धिक सम्पत्तिमा क्षति पुर्‍याउने मनसाय प्रष्ट भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही