१५ माघ २०८२, बिहिबार | January 30, 2026

शास्त्रीय विधिपूर्वक बनेका जनै मात्र प्रयोग गर्न बुटवलको राधा धागो उद्योगको आग्रह



बुटवल । नेपालकै पहिलो जनै उत्पादन गर्ने उद्योग, बुटवल-४ राममन्दिर लाइनस्थित राधा धागो उद्योगले शास्त्रीय विधिपूर्वक जनैधारी ब्राह्मणबाट तयार गरिएका जनै मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । शुक्रबार उद्योगले पत्रकार सम्मेलन गर्दै बजारमा बढ्दो नक्कली तथा अशुद्ध जनैको प्रयोगबारे चेतावनी दिएको हो ।

उद्योगका सञ्चालक संस्कृत साहित्याचार्य बुद्धि प्रसाद शर्मा पाण्डेयका अनुसार पछिल्ला वर्षमा सरा र शिखा अपूर्ण, शिखाविहीन गाँठो मात्र पारेका तथा गैर–ब्राह्मणबाट तयार गरिएका स्वदेशी तथा विदेशी नक्कली जनै बजारमा व्यापक रूपमा पाइने गरेका छन् । उनका अनुसार यस्ता जनै प्रयोग गर्दा धार्मिक लाभ प्राप्त नहुने भएकाले शास्त्रीय विधिअनुसार तयार गरिएका जनै मात्र प्रयोग गर्न आवश्यक छ ।

पाण्डेयले २०५८ सालमा उद्योग स्थापना गरी २०६० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको जानकारी दिए । विगतमा ९९ प्रतिशत जनै भारतबाट आयात हुने गरेकोमा हाल उक्त अनुपात घटेर १५–२० प्रतिशतमा झरेको उनले बताए । उनका अनुसार उद्योगले जनैका साथै रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरो, बत्ती कात्ने धागो तथा अन्य धार्मिक धागा–सामग्री उत्पादन गर्दै आएको छ ।

उद्योगले जनै आयात प्रतिस्थापनसँगै चार सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको पाण्डेयले बताए । यस योगदानका लागि उद्योगलाई रूपन्देही उद्योग संघ, नेपाल सरकार र विभिन्न व्यावसायिक संघ–संस्थाबाट सम्मान र पुरस्कार प्राप्त भएको उनले स्मरण गरे ।

पाण्डेयले वैदिक शास्त्रमा कुनै जात वा समुदायले जनै लगाउन नहुने उल्लेख नभएको बताउँदै महिलाले पनि विवाहपूर्व जनै धारण गर्न सक्ने दाबी गरे ।

उद्योगका बजार व्यवस्थापक झंकार पाण्डेयका अनुसार नेपालकै पहिलो जनै उद्योग भएकाले बजारमा ठुलो समस्या छैन । उनले जनै तथा रक्षाबन्धन चीनबाट आयात हुने धारणा गलत भएको दाबी गर्दै यी सामग्री नेपालमा भारतबाट मात्र आयात हुने जानकारी दिए ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ०८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला