सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बढ्दो असमझदारीलाई सम्बोधन गर्न संयन्त्रको बैठक बसेको छ।
सरकारको नेतृत्व गर्दै आएको एमालेले उसको सहयात्री दल कांग्रेसले गठबन्धनको मर्मअनुसार सहकार्य नगरेको निष्कर्ष निकाले पनि यो बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह र प्रदेश इन्चार्ज गोरख बोगटी उपस्थित छन् ।
सत्ता साझेदारीमा हालै देखिएको विवाद समाधानको दिशामा अघि बढ्ने अपेक्षासहित यो बैठकलाई राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।


















प्रतिक्रिया