२९ मंसिर २०८२, सोमबार | December 15, 2025

यसवर्षको खजुरा तीज महोत्सव न्यु डाँफेले गर्दै



खजुरा । हरेक वर्ष बाँकेको खजुरामा आयोजना हुँदै आएको तीज महोत्सव यस वर्ष न्यु डाँफे स्पोर्टस् क्लपले गर्ने भएको छ । खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको न्यु डाँफे स्पोर्टस् क्लवले यस वर्षको तीज महोत्सव गर्ने भएको हो ।

महोत्सवबारे आज पत्रकार सम्मेलन गर्दै क्लवले महोत्सवको तयारीलाई तिब्र पारिएको जनाएको छ । खजुुराको १ नम्बर बजारमा हुने बृहद तीज महोत्सवमा एकल नृत्य प्रतियोगिता समावेश गरिएको क्लवका सचिव बालाराम खत्रीले जानकारी दिए । पहिलो पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार ५१०० राखिएको उनले बताए । खत्रीका अनुसार पुरस्कारको सम्पूर्ण रकम स्थानीय लीलबहादुर थापा (हाल अमेरिका)ले प्रायोजन गरेका छन् ।

स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न र स्थानीय कलाकारहरुको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको उनले बताए । उनले महोत्सवमा खजुरा क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान गरेका अग्रज खजुरेली समाजसेवीहरुलाई सम्मान गरिने जानकारी दिए ।

महोत्सवमा सहभागीहरुको संख्या धेरै आएका कारण अडिसनबाट छानीएका कलाकारको प्रस्तुती मात्र महोत्सवमा सहभागी गराइने महोत्सव आयोजक समितिकी संयोजक कसम मगरले बताइन् ।

खजुरा क्षेत्र संरक्षण समितिले प्रारम्भ गरेको बृहद तीज महोत्सवलाई खजुराका बिभिन्न संघ संस्थाहरुले आलोपालो गरि संचालन गर्दै आएका छन् । तीज महोत्सव खजुराको सांस्कृतिक पहिचान बनेको महोत्सवका सहजकर्ता पत्रकार खगेन्द्र दाहालले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ०१ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू