२२ मंसिर २०८२, सोमबार | December 9, 2025

पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनुहुँदैनः अध्यक्ष ओली



ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध प्रतिष्ठान र फाउन्डेशन व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको शपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट गरेका हुन् ।

“मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो”, अध्यक्ष ओलीले भने, “पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउन्डेशन खोलिएको थियो । अहिले फाउन्डेशन गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान् हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।”

उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे ।

प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : २९ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट