१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

‘कुलिङ अफ पिरियड’ विवादपछि कांग्रेस सांसद रामहरि खतिवडाको समिती सभापति पदबाट राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ व्यवस्था कमजोर हुने गरी संशोधन पारित गराउन भूमिका खेलेको आरोपमा उनीमाथि नैतिक प्रश्न उठेको थियो ।

पार्टीभित्रैबाट बढ्दो दबाबपछि मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै खतिवडाले पद त्यागको घोषणा गरेका हुन् । कांग्रेसले उनलाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो ।

खतिवडा अध्यक्ष रहेको समितिबाट पारित विधेयक संसद्मा पुगेपछि विवाद चर्किएको थियो । सुशासनका नाममा बनेका कानुनी प्रावधान उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन जीवन परियार नेतृत्वको छानबिन समितिले पेस गरेपछि उनीमाथि दबाब अझ बढेको हो ।

खतिवडा २०८० भदौ ११ गते निर्विरोध रूपमा सभापति निर्वाचित भएका थिए । सुन तस्करी प्रकरणलगायत संवेदनशील विषयमा छलफल गर्ने प्रतिबद्धता गरेका उनी स्वयं विवादमा फँस्दै पदबाट हट्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ४४ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका