२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

नेपालगन्जबाट १५ ग्राम बढी ब्राउनसुगर र २२ लाख बढी नगद सहित ५ जना पक्राउ



नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध र श्रोत नखलेको २२ लाख बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले २२ लाख बढी नगद सहित १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गर्दै ५ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा मंगलबार राति नेपालगन्ज-१४ उदयपुरका २८ वर्षीय रमेश लोनियालाई नियज्त्रणमा लिई उनको साथबाट १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको तथा उनको घर खानतलासी गर्ने क्रममा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ सहित गरगहना, घरेलु हतियार बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए ।

डीएसपी पतालीका अनुसार लोनियाको घरबाट प्रहरीले सुन(चाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लोनिया सहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुर लगायतका मुद्दामा थप अनुसन्धान जारी रहेको र अन्य ४ जनासँग सामान्य सोधपुछ गरिरहेको डीएसपी पातलीले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : ३५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२