नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध र श्रोत नखलेको २२ लाख बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले २२ लाख बढी नगद सहित १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गर्दै ५ जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा मंगलबार राति नेपालगन्ज-१४ उदयपुरका २८ वर्षीय रमेश लोनियालाई नियज्त्रणमा लिई उनको साथबाट १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको तथा उनको घर खानतलासी गर्ने क्रममा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ सहित गरगहना, घरेलु हतियार बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए ।
डीएसपी पतालीका अनुसार लोनियाको घरबाट प्रहरीले सुन(चाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लोनिया सहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुर लगायतका मुद्दामा थप अनुसन्धान जारी रहेको र अन्य ४ जनासँग सामान्य सोधपुछ गरिरहेको डीएसपी पातलीले जानकारी दिए ।



















प्रतिक्रिया