१८ भदौ २०८३, बिहिबार | September 3, 2026

बाँकेमा साइबर अपराधका उजुरी बढे



बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् ।

उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् । आव २०८०/०८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको छ ।

आव २०७९/८० मा एक सय छ, आव २०७८/०७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । विदेशबाट पनि साइबर कानून उल्लङ्घन गरेको पाइएको छ ।

साइबर कानून उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ४५ बजे

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार