५ पुस २०८२, शनिबार | December 20, 2025

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन निर्देशन दिएका हुन् ।

“अब लर्याङतर्याङ गरेर हुँदैन, सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ । स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ,’’, प्रधानमन्त्री ओलीले भने, “यसका लागि हामीले कतै अवरोध छ भने हटाउनु पर्छ, प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ ।’’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : ३८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन