३१ असार २०८३, बुधबार | July 16, 2026

एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन जाने



काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् ।

३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिङमा आयोजना हुने आयोजना हुन लागेको सम्मेलनमा सहभागी हुन ओली त्यहाँ जान लागेका हुन् । नेपाल एसईओको डाइलग पार्टनर हो ।

एसईओमा नेपालको उच्चस्तरीय सहभागिता पहिलो पटक हुन लागेको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सो सम्मेलनमा भाग लिन जाने बताइएको थियो । तर राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जान लागेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहनेछ। एससीओमा हाल चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० सदस्य राष्ट्र रहेका छन्।

भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ११ : १५ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक