३ पुस २०८२, बिहिबार | December 18, 2025

एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन जाने



काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् ।

३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिङमा आयोजना हुने आयोजना हुन लागेको सम्मेलनमा सहभागी हुन ओली त्यहाँ जान लागेका हुन् । नेपाल एसईओको डाइलग पार्टनर हो ।

एसईओमा नेपालको उच्चस्तरीय सहभागिता पहिलो पटक हुन लागेको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सो सम्मेलनमा भाग लिन जाने बताइएको थियो । तर राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जान लागेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहनेछ। एससीओमा हाल चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० सदस्य राष्ट्र रहेका छन्।

भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ११ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका