४ असार २०८३, बिहिबार | June 18, 2026

स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम



काठमाडौं । पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित दूतावास परिसरमा झण्डा फहराउने कार्यक्रम आयोजना गरिएको छ ।

राजदूत अब्रार एच। हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन्। कार्यक्रममा पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका कर्मचारीहरू आफ्ना परिवारसहित उपस्थित भएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । यस वर्ष स्वतन्त्रता दिवस “मार्का-ए-हक” मा विजयको उत्साहका साथ मनाइएको हो ।

त्यसअवसरमा राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ र उपप्रधान तथा परराष्ट्र मन्त्री महामहिम मोहम्मद इसहाक दारले पठाएको सन्देश पढेर सुनाइएको थियो ।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा आजको दिनले संस्थापक पिता कायद–ए–आजम मोहम्मद अली जिन्ना र पाकिस्तान आन्दोलनका योद्धाहरूको संघर्ष र बलिदानलाई सम्मान गरेको जनाएका छन् । यसैगरी प्रधानमन्त्री शरीफले आफ्नो सन्देशमा विगतका ७८ वर्षले सहनशीलता, दृढ विश्वास र उज्ज्वल भविष्यको आशाको कथा सुनाएको उल्लेख गरेका छन् ।

“मार्का-ए-हक” मा विजय उत्सवका क्रममा ‘स्वतन्त्रता’को रक्षा गर्ने संघर्षमा प्राण अर्पण गर्ने सहिदहरूको सम्झनामा विशेष प्रार्थना पनि गरिएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  २ : ३४ बजे

नेपालगन्जमा महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम मेयर कप महिला तथा पुरुष

बढ्यो तराईमा तातो दिन, भैरहवाको तापक्रम ४१.५ डिग्री, नेपालगन्जमा ४०.४ डिग्री

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थी सम्मानित, छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘पाकिस्तान राजदूत छात्रवृत्ति