२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

राष्ट्रिय पुँजीको संरक्षण लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताएका छन् ।

उनले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उनले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले दलाल पूँजीलाई निरूत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गर्नुभयो ।

आज माओवादी प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बसकोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना रहेका छन् ।

उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ८ : ५९ बजे

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा