२९ असार २०८३, सोमबार | July 13, 2026

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् परियार



म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्।

बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आउनुभएको छ । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ ।

उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन् । डोकाडाला बनाउने उहाँको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने।

विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउँछन्। “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाउनुभयो, बिहे गरिदिए ।

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्नुभएको छ । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ०३ बजे

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा