काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा आज बिहान डोजर चलाएको छ ।
बस्तीका संरचना भत्काउने अभियान सञ्चालनको क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप समेत भएको छ ।
नगर प्रहरीका एसपी दीनेश अर्यालका अनुसार भक्तपुर–काठमाडौं सीमा क्षेत्रमा पर्ने उक्त बस्तीमा अवैधानिक रूपमा बनेका घर–टहरा भत्काइएका हुन् । “हामीले यसअघि ३५ दिने सूचना जारी गरेका थियौँ, त्यसपछि आज डोजर चलाउने काम सुरु गरिएको हो,” अर्यालले बताए।
पूर्ण तयारीसहित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा टोली बिहानै मनोहरा पुगेको थियो।
संरचना हटाउने क्रममा प्रहरीले सुकुम्बासी बासिन्दासँग झडप गरेको र केही समय तनावपूर्ण अवस्था बनेको छ।



















प्रतिक्रिया