२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मनोहरा सुकुम्बासी बस्तीमा काठमाडौं महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा आज बिहान डोजर चलाएको छ ।

बस्तीका संरचना भत्काउने अभियान सञ्चालनको क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप समेत भएको छ ।

नगर प्रहरीका एसपी दीनेश अर्यालका अनुसार भक्तपुर–काठमाडौं सीमा क्षेत्रमा पर्ने उक्त बस्तीमा अवैधानिक रूपमा बनेका घर–टहरा भत्काइएका हुन् । “हामीले यसअघि ३५ दिने सूचना जारी गरेका थियौँ, त्यसपछि आज डोजर चलाउने काम सुरु गरिएको हो,” अर्यालले बताए।

पूर्ण तयारीसहित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा टोली बिहानै मनोहरा पुगेको थियो।

संरचना हटाउने क्रममा प्रहरीले सुकुम्बासी बासिन्दासँग झडप गरेको र केही समय तनावपूर्ण अवस्था बनेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ४२ बजे

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा