१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एकीकृत समाजवादीमा वामदेवले पाए तेस्रो वरियताक्रम



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवालय वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकिएको हो।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका छन् ।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।

त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमद शेर बागवानलाई रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : ०९ बजे

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य