६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एकजना पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल काठमाडौँ महागरपालिका–१६ चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “आज दिउँसो निज दराईको कोठा शङ्का लागि जाँच तथा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, सो पेस्तोलमा लाग्ने म्याग्जिन दुई थान र ७.६५ एमएमको गोली सात राउण्डसहित निजलाई टोखा नगरपालिका–९ स्थित होटलको कोठाबाट पक्राउ गरिएको हो ।”

दराईलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको तथा निजविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ साल असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ४२ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर