२३ भदौ २०८३, मंगलबार | September 9, 2026

मापसे गरेका दिनेश पाण्डेले चलाएको मोटरसाइकलको ठक्करबाट बुटवलमा घाइते सुमोद श्रेष्ठको मृत्यु



बुटवल । बुटवलमा भएको मोटरसाइकल दुर्घटनामा घाइते ३१ वर्षीय युवाको उपचारको क्रममा ज्यान गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट घर भएका सुमोद श्रेष्ठको दुर्घटनाबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार साउन २७ गते रातको करिब साढे ९ बजे बुटवलको तीनकुने चोक नजिकै श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

पैदल हिँडिरहेका उनलाई लु ७६ प ४९४६ नम्बरको मोटरसाइकलले ठक्कर ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई दुर्घटना लगत्तै उद्धारगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको र थप उपचारका लागि बुटवलकै लुम्बिनी सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले २९ गते मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ अर्घातोष निवासी ३१ वर्षीय दिनेश पाण्डे पनि घाइते भई लुम्बिनी सिटी अस्पतालमै उपचाररत रहेका छन् । मापसे गरेर मोटरसाइकल चलाइरहेका पाण्डेले चलाएको मोटरसाइकलको ठक्करबाट श्रेष्ठ घाइते भएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी इन्द्र रानाले बताए । घाइते अवस्थामा रहेका मोटरसाइकल चालक प्रहरीकै निगरानीमा रहेको जनाउँदै उनले उपचार पश्चात हिरासतमा लिएर सवारी ज्यान अन्तर्गत मुद्दामा अनुसन्धान गरिने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ०६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी