२ पुस २०८२, बुधबार | December 17, 2025

रवि लामिछाने रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीको कारागारबाट आज काठमाडौं ल्याइँदैछ।

सहकारी ठगी प्रकरणमा लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेलाई सरकारले आज काठमाडौं स्थानान्तरण गर्न लागेको हो ।

कारागार विभागले लामिछानेको निवेदनका आधारमा हिजो सरुवाको निर्णय गरेको थियो। भैरहवाबाट दिउँसो ३स्१० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ।

उनी ललितपुरको नख्खु कारागारमा रहने बताइएको छ । तर यसअघि लामिछानेले काठमाडौंभित्रको डिल्लीबजार कारागारमा बस्न माग गरेको कुरा सार्वजनिक भएको थियो ।

यसअघि लामिछानेले महिनौँ अघिदेखि काठमाडौं सरुवा गर्न निवेदन दिए पनि तत्कालीन गृहमन्त्री रमेश अड्डासारले राजनीतिक प्रतिशोध स्वरूप प्रक्रिया अघि बढाउन रोकेको आरोप निकिता पौडेलले लगाउँदै आएकी थिइन्।

कारागार स्थानान्तरण सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै बढ्दो आलोचना भएपछि सरकारले उनलाई काठमाडौं ल्याउने तयारी गरेको हो। तर, राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही कारागारको अनुगमन गरेपछि मात्रै गृह मन्त्रालयले सरुवा प्रक्रियामा सहमति जनाएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ०१ बजे

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी