१५ भदौ २०८३, सोमबार | August 31, 2026

रवि लामिछाने रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीको कारागारबाट आज काठमाडौं ल्याइँदैछ।

सहकारी ठगी प्रकरणमा लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेलाई सरकारले आज काठमाडौं स्थानान्तरण गर्न लागेको हो ।

कारागार विभागले लामिछानेको निवेदनका आधारमा हिजो सरुवाको निर्णय गरेको थियो। भैरहवाबाट दिउँसो ३स्१० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ।

उनी ललितपुरको नख्खु कारागारमा रहने बताइएको छ । तर यसअघि लामिछानेले काठमाडौंभित्रको डिल्लीबजार कारागारमा बस्न माग गरेको कुरा सार्वजनिक भएको थियो ।

यसअघि लामिछानेले महिनौँ अघिदेखि काठमाडौं सरुवा गर्न निवेदन दिए पनि तत्कालीन गृहमन्त्री रमेश अड्डासारले राजनीतिक प्रतिशोध स्वरूप प्रक्रिया अघि बढाउन रोकेको आरोप निकिता पौडेलले लगाउँदै आएकी थिइन्।

कारागार स्थानान्तरण सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै बढ्दो आलोचना भएपछि सरकारले उनलाई काठमाडौं ल्याउने तयारी गरेको हो। तर, राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही कारागारको अनुगमन गरेपछि मात्रै गृह मन्त्रालयले सरुवा प्रक्रियामा सहमति जनाएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ०१ बजे

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले

ढोल-झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै