बागमती । सुक्खा पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने सडक अबरुद्ध भएको छ ।
हेटौंडा-फाखेल-दक्षिणकाली काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज विहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ ।



















प्रतिक्रिया