ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।
सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिए ।
कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको कोइरालाले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताए ।
लामिछानेलाई काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलबाट आयल निगमको गेट हुँदै नुख्खु पर्याइएको थियो । विमानस्थलबाहिर उनको समर्थनमा ठूलो संख्यमा रास्वपाका समर्थकहरु भेला भएपछि त्यसलाई छल्न आयल निगमको बाटो प्रयोग गरिएको थियो । तर, नुख्खु कारागारबाहिर भने ठूलो संख्यामा भेला भएका उनका समर्थकहरुले नाराबाजी गरेका थिए । लामिछानेले उनीहरुलाई प्रहरीको भ्यानभित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए ।
लामिछाने नुख्खु कारागारमा अब ४२२ जना बन्दि भएको ब्लकमा बस्नेछन् ।


















प्रतिक्रिया