१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रवि लामिछाने नख्खु कारागारमा



ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।

सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिए ।

कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको कोइरालाले बताए ।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताए ।

लामिछानेलाई काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलबाट आयल निगमको गेट हुँदै नुख्खु पर्याइएको थियो । विमानस्थलबाहिर उनको समर्थनमा ठूलो संख्यमा रास्वपाका समर्थकहरु भेला भएपछि त्यसलाई छल्न आयल निगमको बाटो प्रयोग गरिएको थियो । तर, नुख्खु कारागारबाहिर भने ठूलो संख्यामा भेला भएका उनका समर्थकहरुले नाराबाजी गरेका थिए । लामिछानेले उनीहरुलाई प्रहरीको भ्यानभित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए ।

लामिछाने नुख्खु कारागारमा अब ४२२ जना बन्दि भएको ब्लकमा बस्नेछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ५४ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र