२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

नेपाल लोकतान्त्रिक खेलकुद संघ संगठन विस्तार अभियानमा



नेपालगन्ज । नेपाल लोकतान्त्रिक खेलकुद संघलाई निर्वाचन क्षेत्र स्तरिय समिति देखि पालिका समितिसम्म विस्तार गरिएको छ । संघको सागठनीक संरचनालाई निर्वाचन क्षेत्र सम्म विस्तार गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क र ख स्तरको समिति निर्माण गरिएको संघले जनाएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मदुईमा शनिबार भएको भेलाले प्रतिनिधि सभा क्षेत्र नम्बर १, प्रदेश सभा १ ुकु र प्रदेश सभा १ ुखु को प्रथम अधिवेशनले समिति विस्तार गरेको हो ।

उक्त अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्षेत्र नम्बर १ कार्यसमिति अध्यक्षमा प्रकाश कुमार शर्मा, सचिव टिकाराम आचार्य, कोषाध्यक्ष सरिता राना र दुर्गा रेग्मी तथा अजय यादव सदस्य निर्वाचित भएका छन् । यसैगरी प्रदेश सभा १ ‘क’ कार्यसमितिको अध्यक्षमा अरुण यादव निर्वाचित भएका छन् ।

त्यस्तै, राप्ती सोनारी गाउँपालिका कार्यसमितिको अध्यक्षमा जंगबीर थारु, उपाध्यक्षमा डम्बर भण्डारी, महिला उपाध्यक्षमा समृद्धि खडका, सचिवमा प्रियंका गोसाई, सहसचिवमा टोप बहादुर ओली, कोषाध्यक्षमा छवि सुनार र सदस्यमा दिल बहादुर थारु निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य तप्तबहादुर पौडेल प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, कांग्रेसका महासमिति सदस्य महाबिर ओली, क्षेत्र नम्बर १ का निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १० : ४५ बजे

बिहानै मदिराले मातेपछि…

बाजुरा । बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार

हुलाकमार्फत घरघरमै राहदानी

चन्द्रपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन