काठमाडौं । नौ खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको मार्योकाविरुद्ध ३-० को जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगा २०२५-२६ सिजनको सुखद सुरुआत गरेको छ ।
शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलको पहिलो हाफमै दुई खेलाडीले रातो कार्डको दर्शन गरेपछि मार्योका नौ खेलाडीमा सीमित बनेको हो । पाहुना टिमको जितमा राफिन्हा, फेरान टोरेस र लामिन यमलले गोल गरे ।
सातौँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । २३ औँ मिनेटमा टोरेसले पाहुना टिमको अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयको अन्तिम मिनेटमा यमलले गोल गरेपछि बार्सिलोनाले तीन गोलसँगै सहज तीन अंक सुनिश्चित गरेको हो ।
३३ औँ मिनेटमा मनु मोर्लानेसले रातो कार्डको दर्शन गरेपछि मार्योका १० खेलाडीमा झरेको थियो । मोर्लानेसले लामिन यमलमाथि फाउल गरेपछि दोस्रो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए ।
त्यसको सात मिनेटपछि नै मार्योका नौ खेलाडीमा समेटियो । बार्सिलोनाका रक्षक एरिका गार्सियामाथि फाउल गरेपछि मार्योकाका फरवार्ड भेडाट मुरिकीले भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहायतामा सोझै रातो कार्डको दर्शन गरेका थिए ।


















प्रतिक्रिया