३ भदौ २०८३, बुधबार | August 19, 2026

चीनसँग जोड्ने नाका चाँडो सञ्चालन गर्ने प्रयासमा छौँः मन्त्री दाहाल



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक चाँडो मर्मत र केरुङ नाका सञ्चालन गरी व्यापारमा सहजीकरण गर्ने बताएका छन्।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आज यहाँ आयोजना गरेको छलफलमा उनले बर्सातका समयमा अन्तरदेशीय कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाबारे चर्चा गर्दै जतिसक्दो छिटो सडक मर्मतको काम गरिने बताएका हुन् ।

यही असार २४ गते बिहान हिमताल विस्फोटका कारण रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि पुल बग्दा केरुङ नाका अवरुद्ध भएको छ ।

“पुलसँगै रसुवागढी सडक निर्माणको काम पनि सम्पन्न गर्नुपर्छ । पुल बनेर बाटो बनेन भने नाकामा रोकिएका सामानहरू नेपाल ल्याउन सकिँदैन”, मन्त्री दाहालले भने, “बाढीका कारण रोकिएका सामानलाई कसरी नेपाल ल्याउने भनेर पनि हामीले प्रयास गरेका छौँ ।”

उनले उत्तर–दक्षिण राजमार्ग निर्माणको काम पनि चाँडो सम्पन्न गरिने बताए । मन्त्री दाहालले वातावरणमैत्री सडक निर्माण गरिने र नयाँ सडक निर्माणको क्रममा सडक सुरक्षाको नीति लागू गरिने प्रतिबद्धता व्यक्त गरे । “बाढी, पहिरोजस्ता विपद्का समय र छिटो–छरितो यात्राका लागि सुरुङमार्ग उत्तम विकल्प हो, तर बजेट अभावका कारण यस्ता योजना कार्यान्वयनमा चुनौती छ” उनले भने ।

समितिका सभापति दीपकबहादुर सिंहले दसैँ–तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै चीनसँग जोडिएका नाका चाँडो सञ्चालन गर्न आग्रह गरे । “चीनबाट लुगा–कपडाभित्रने भएकाले सस्तो पनि पर्छ । दसैँ–तिहारलाई महँगो नबनाउन पनि रोकिएका सामान नेपाल ल्याउने व्यवस्था चाँडो गर्नुपर्छ”, उनले भने ।

सांसद माधव सापकोटाले चाडपर्वको मुखमा चीनसँगै जोडिएका दुवै नाका बन्द रहेकाले बाटो नखोले चाडपर्व महँगो हुने बताए । सांसद प्रकाश ज्वालाले सडकको पहिरो छिटो व्यवस्थापन गरेर सञ्चालन ल्याउन आग्रह गरे ।

बैठकमा सांसद निशा डाँगी, मैना कार्की, शक्तिबहादुर बस्नेत, गीता गुरुङ, बीना लामालगायतले अवरुद्ध सडक चाँडो सञ्चालनमा ल्याएर सहजता प्रदान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले केरुङ नाकामा रोकिएका जरुरी सामानलाई वैकल्पिक माध्यमबाट नेपाल ल्याउने विषयमा तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ९ : ४३ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल