१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

दशैँ-तिहारमा सवारी भाडा नबढ्ने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जनाएको छ । आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा नबढ्ने जनाएका हुन् ।

उनले इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम नेपालमा रहेपनि यसपालीको दशैँ तिहारमा भाडा बढाउने योजना नरहेको जानकारी दिए ।

उनले मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताए । मन्त्री दाहालले यसअघि केन्द्रले तोकेर सडक प्रदेशलाई जिम्मा लगाउने गरिएपनि अहिले प्रदेश सरकारबाट माग भएपछि मात्र प्रदेशलाई हस्तान्तरण गर्ने निती बनाईएको बताए ।

व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने गरेको गुनासो आएको बताउँदै मन्त्री दाहालले त्यस्तो नगर्न पहल गरिएको र आफुखुसी बढाइए कारवाही हुने बताए ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १० : ०४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको