२१ माघ २०८२, बुधबार | February 4, 2026

१७ औँ संस्करणको नाडा अटो शो २०२५ आजदेखि सुरु, नेपालमै पहिलोपटक उड्ने ट्याक्सी सार्वजनिक हुँदै



काठमाडौं । राजधानीको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आजदेखि १७ औँ संस्करणको नाडा अटो शो २०२५ सुरु हुँदैछ । भदौ ३ गतेदेखि ८ गतेसम्म चल्ने यो अटो शो हालसम्मकै भव्य हुने आयोजकले जानकारी दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने प्रदर्शनीलाई यसपटक नयाँ युगको मोबिलिटीको सुरुआतका रूपमा प्रस्तुत गरिएको छ । अटो उद्योगका नवप्रवर्तनसँगै भविष्यको प्रविधि र सम्भावनालाई देखाउने गरी तयारी गरिएको अध्यक्ष करण चौधरीले बताए । उनका अनुसार यसपटकको अटो शो इतिहासमै भव्य र आकर्षक हुनेछ ।

प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गरिनेछ । एमएडब्लू वृद्धिले चिनियाँ अटो निर्माता चांगान अटोसँग सहकार्यमा नेपाल ल्याएको यो ईभीटोल देशको मोबिलिटी भविष्यलाई नयाँ दिशा दिने विश्वास लिइएको छ ।

आयोजकले यसपटक नेपालमै पहिलोपटक मानव आकारका ह्युमनोइड रोबोट सार्वजनिक गर्ने तयारी गरेको छ, जसले आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्नेछन् । साथै, दिपलका फ्युचरिस्टिक कारहरू-एस०५, एस०७ आईसीए, ई०७ र अवतार ११-प्रदर्शनीमा राखिनेछन् । युनिट्री रोबोट्सद्वारा विकसित एआइमा आधारित चारपांग्रे रोबोट पनि प्रमुख आकर्षण बन्नेछ ।

यस वर्षको अटो शोमा भिन्टेज मोटर शो विशेष आकर्षण हुनेछ । मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायत ऐतिहासिक गाडीहरू प्रदर्शनीमा देख्न पाइनेछन् ।

‘गो फर मोर’ नारासहित आयोजना गरिएको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् । चारपांग्रे, दुईपांग्रे, हल्का व्यावसायिक सवारी, अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायक कम्पनीहरूको उत्पाद तथा सेवाहरू एकै ठाउँमा प्रस्तुत गरिनेछ ।

करिब तीन लाख वर्गफुटमा फैलिएको प्रदर्शनी क्षेत्रमध्ये एक लाख ६२ हजार वर्गफुट प्रदर्शनी प्रयोजनका लागि रहनेछ । ‘मेड इन नेपाल’ प्याभिलियनमार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिनेछ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनले विदेशी लगानीलाई आकर्षित गर्नेछ । साथै, ईभी, स्मार्ट मोबिलिटी र दिगोपनसम्बन्धी सेमिनार र अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना हुनेछन् ।

प्रदर्शनी अवधिभर दैनिक १२ भाग्यशाली विजेताले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् । आगन्तुकहरूको सहजता र सुरक्षाका लागि विशेष पार्किङ, निःशुल्क सटल सेवा, मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, स्वास्थ्य टोली र सुरक्षा निगरानीको व्यवस्था गरिएको छ ।

नाडा अटो शो २०२५ ले नेपालमा अटो उद्योग मात्र नभई सम्पूर्ण मोबिलिटी क्षेत्रमा नयाँ दृष्टिकोण र उत्साह थप्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ७ : २८ बजे

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक