७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रविधिमा छिटो प्रगति गर्नेले प्रतिस्पर्धा जित्छन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीति लिएको बताएका हुन् ।

सरकारको नीति मुलुकलाई अग्रगमनको यात्रामा अघि बढाउन सहयोग पुग्ने खालको रहेको ओलीको दाबी छ । उनले पूर्वाधार निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै पूर्व-पश्चिम रेलमार्गको तयारी अघि बढाएको जानकारी दिए । साथै उनले अब पहाडमा सिंगल लेन सडक निर्माण नगरी गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार लागिपरेको बताए ।

उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नाडाले हालसम्म १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको बताए । उनका अनुसार करिब तीन लाख व्यापारी यस क्षेत्रमा संलग्न छन् भने नेपालमा ९० प्रतिशतभन्दा बढी अटोमोबाइल व्यवसाय नाडाले प्रतिनिधित्व गर्दै आएको छ ।

चौधरीले युवा पलायन रोक्न नाडाले प्राविधिक तालिममार्फत सिपयुक्त जनशक्ति उत्पादन गर्ने तयारी गरिरहेको उल्लेख गरे । उनका अनुसार, नेपालमा बिक्री हुने करिब ४० प्रतिशत गाडी नाडामार्फत बिक्री वा बुकिङ हुने गरेका छन् । उनले आउँदो मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई मैत्रीपूर्ण वातावरण दिने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला वर्षहरू अर्थतन्त्रका लागि चुनौतीपूर्ण भए पनि निजी क्षेत्रको सुझावअनुसार ३० भन्दा बढी कानुन परिमार्जन भएपछि सकारात्मक परिणाम देखिन थालेको बताए ।

उनले बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता उपलब्ध रहेको उल्लेख गर्दै लगानीका लागि उपयुक्त समय भएको धारणा राखे । हालै सुरु भएको जलविद्युत् निर्यातले विदेशी मुद्रा भित्र्याउन सहयोग पुगेको र अर्थतन्त्रलाई सुदृढ बनाउन टेवा दिएको बताए ।

ढकालले युरो-६ मापदण्ड अचानक लागू हुँदा अटोमोबाइल क्षेत्रमा समस्या आएको भन्दै केही समयका लागि सरकारले छुट दिनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : ०१ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान