२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा सम्पन्न २० औँ मिस, मिसेस एण्ड थर्ड जेन्डर तीज २०८२, मिना न्यौपाने, चाँदनी श्रेष्ठ र सोम्या महत्तो विजेता



बुटवल । इन्जोय लेडिज एण्ड जेन्स लाङ्घाली ब्यूटी पार्लरको आयोजनामा २० औँ संस्करणको मिस, मिसेस एण्ड थर्ड जेन्डर तीज २०८२ बुटवलमा सम्पन्न भएको छ । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा मिसतर्फ मिना न्यौपाने, मिसेसतर्फ चाँदनी श्रेष्ठ र तेस्रोलिङ्गीतर्फ सोम्या महत्तो विजेता बनेका छन् ।

यसैगरी प्रतिज्ञा न्यौपाने फर्स्ट रनरअप, दिलमाया थिङ लामा सेकेन्ड रनरअप र आयाङ्का परियार थर्ड रनरअप बने । प्रतियोगितामा प्रविना खत्री अर्गनाइजर च्वाइस र इन्दिरादेवी सारु मगर भ्यूअर च्वाइस उपाधि जित्न सफल भए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका-६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले हरितालिका तीजलाई सिर्जनात्मक रुपमा मनाउँदै निरन्तर २० औँ संस्करणसम्म ल्याउनु प्रशंसनीय रहेको उल्लेख गरे ।

प्रतियोगितामा भूमिका श्रेष्ठ, रिमा बीसी र प्रियंका थापा निर्णायकको भूमिकामा रहे । दर खाने कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा संस्थाका अध्यक्ष रोखा थापा र अन्य अतिथिहरूले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ३ : ०३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले