३ पुस २०८२, बिहिबार | December 18, 2025

संघीय संसदका पाँच समितिको बैठक आज, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल



काठमाडौं । संघीय संसद अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बुधबार बस्दै छन् । सिंहदरबारस्थित आ-आफ्नै बैठक कक्षमा बिहान ८ बजेदेखि दिउँसो सवा १२ बजेसम्म बैठकहरू बस्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षासम्बन्धी विषयमा कानूनविदहरूसँग छलफल हुने कार्यसूची छ । अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि थप छलफल गरिनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने तयारी गरेको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने विषयमा सम्बन्धित मन्त्रीसँग छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ७ : ४२ बजे

रवि र छवि विरुद्धको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ