२० मंसिर २०८२, शनिबार | December 6, 2025

१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत आमनेसामने



काठमाडौं । भुटानको थिम्पुमा बुधबारदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई-दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता घोषित हुनेछ ।

नेपालले सन् २०२२ मा यही प्रतियोगिता जितेको थियो । यसपटक पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोली सोमबार नै भुटान पुगेको हो । नेपालले अन्य खेलमा भदौ ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ८ : ४८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति