२२ भदौ २०८३, सोमबार | September 7, 2026

साफ यु-१७ च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै



काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु-१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ८ : ५२ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार