२४ भदौ २०८३, बुधबार | September 9, 2026

सुनको मूल्यमा निरन्तर गिरावट, आज थप १,६०० रुपैयाँले सस्तो



काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट जारी छ। हिजो तोलामा १,२०० रुपैयाँले घटेको सुन आज फेरि थप १,६०० रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य झरेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कायम भएको छ।

गएको मंगलबार तोलामा ८०० रुपैयाँले बढेको सुन दुई दिनमै उल्टो २,८०० रुपैयाँले घटिसकेको छ। हिजो सुनको मूल्य तोलामा १ लाख ९५ हजार १ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य ५,६०० रुपैयाँले तल झरेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला ४५ रुपैयाँले सस्तो भई चाँदी २,२५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ११ : ३५ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै