१५ भदौ २०८३, सोमबार | August 31, 2026

आफुसँग बहुमत छ भनेर जे पनि निर्णय गर्न मिल्दैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्रमा बहुमत भए पनि हरेक निर्णय सोचविचारपूर्वक गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले संख्याका आधारमा गरिएको निर्णय कानूनी रूपमा वैधानिक भए पनि त्यस्ता निर्णयलाई जनताले स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने पक्ष महत्त्वपूर्ण हुने बताए।

उनले भने, “हामी चुनाव जित्छौं, मत पाउँछौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्ने अधिकार हुन्छ। तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। संख्याले वैधानिकता दिन्छ, तर जनताको स्वीकृतिबाट मात्र त्यो वैध हुन्छ।”

थापाले प्रजातन्त्र चलाउनका लागि निर्णय वैधानिक मात्र नभई वैध पनि हुनुपर्ने स्पष्ट पारे। “निर्णयलाई आमनागरिकले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने बुझ्न आवश्यक छ,” उनले जोड दिए।

उनले कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक मात्र नभई वैध पनि रहेको दाबी गरे।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ३ : ३६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति