२० मंसिर २०८२, शनिबार | December 6, 2025

साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित



काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई-दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् । जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ६ : ५१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति